ganeshapuja.jpg

जन्मोत्सव कसरी मनाउने ?

2025-09-24

|Rituals

1.3 min read

हिन्दु परम्परा एवम् शास्त्रीय मूल मान्यताका अनुसार प्रत्येक बर्ष आफू जन्मेको महिनाका पक्षका तिथिमा आफ्नो आयु बढोस् भनेर विधिपूर्वक जन्मोत्सव मनाउने प्रचलन छ १ परन्तु वर्तमान परिवेशमा आफू जन्मेको तारिकमा पनि जन्मोत्सव मनाउने गरेको पाइन्छ १ जन्मतिथि अर्थात जन्मदिनमा विशेषतः आफ्नो आयु लामो होस, जीवनमा सधैंव सफलता प्राप्त भइरहोस भन्ने उद्येश्यका साथ अष्टचिरञ्जीवीहरुको पुजा शान्ति(स्वस्ति,दान दक्षिणा इत्यादि गर्ने कुरा हाम्रा शास्त्र एवम् पुराणहरुमा बताईएको पाईन्छ । यसदिन पवित्र भई शुद्ध वस्त्र धारण गरेर दियो,कलश र गणेशको पुजा गरेपछि मार्कण्डेय,बलि,व्यास,हनुमान,विभीषण,अश्वत्थामा, कृपाचार्य र परशुराम यी आठ चिरञ्जीवीहरुको र जन्म नक्षत्रका देवताको पुजा गर्नुपर्छ । ब्राह्मणलाई दान दिनुपर्छ । सक्नेले दीनदुस्खीलाई पनि अन्नवस्त्र इत्यादि वस्तुहरु दानदिनु पर्छ । वर्तमान युगमा हिन्दुहरुले आफ्नो धर्मसंस्कृति र प्राचिन परम्परा अनुसार यसरी जन्मोत्सव मनाउनु पर्नेमा आजभोलि केही मानिसहरुले विदेशीहरुको अनुकरण गरेर केक काट्ने, वलेको मइनवत्ति फुकेर निभाउने, विदेशी भाषा बोल्ने, मदिरा पिउने इत्यादि कार्य गरि जन्मोत्सव मनाउने गर्न थालेका छन् । यसलाई पछैटेपनको लक्षण मान्न सकिन्छ ।

 सनातनी हिन्दुहरुले यसरी आफ्नो परम्परा संस्कृति लाई लत्याएर अरुको देखासिकी गरेर जन्मोत्सव मनाउनु अत्यन्तै गलत कार्य हो । यस्तो कुरा आफुले पनि स्मरण गर्ने र अरुलाइ पनि स्मरण गराउन अत्यन्त आवश्यक छ, सकेसम्म र भ्याए सम्म हामीले आफ्नै परम्परा र संस्कृति अनुसार जन्मोत्सव मनाई संस्कृति लाई जोगाउने र यसैमा गौरवानुभुति गर्ने वानी वसाल्नु उपयुक्त हुन्छ । यसबाट नै हाम्रो कल्याणको बाटो बन्दछ भने आत्मगौरवको रक्षा पनि भइरहने देखिन्छ । सर्वे भवन्तु सुखिनस् सर्वे सन्तु निरामयास् । सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुस्ख भाग भवेत् ।

Never Miss a Rare Rudraksha

Be the first to know about new Rudraksha arrivals, Pashupatinath energizing schedules, and exclusive offers.